Savings
- Fixed Deposit
- Recurring Deposit
- Regular Saving
VIEW ALL SERVICES
Our Little Story
Something About Usयस रेडियन्ट बहुउद्देश्यीय सहकारी संस्था लि. सहकारी ऐन २०४८ तथा सहकारी ऐन २०७४ अनुसार बहुउद्देश्यीय, बचत तथा ऋण कारोवार गर्न स्थापना भएको संस्था हो । यो संस्था २०६५ भाद्र ४ गते जिल्ला सहकारी डिभिजन कार्यालय, ललितपुरमा विधिवत् रुपमा दर्ता भई “हरेक वर्गको सन्तुष्टि नै हाम्रो सफलता” भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै कारोबार सुरू गरिएको हो । सुरूको अवस्थामा २५ जना शेयर सदस्यबाट रू. १०,००,०००.०० शेयर पूँजी सङ्कलन गरी ललितपुर जिल्लाको ४ वडालाई कार्यक्षेत्र बनाइ कारोबार शुरू गरेको र हाल यसको कार्यक्षेत्र विस्तार भई ललितपुर जिल्लाभर कायम रहेको छ । यस संस्थाले सहकारीको सर्वमान्य सिद्धान्त, मूल्य र मान्यतालाई शिरोपर गर्दै विभिन्न धर्म, जातजाति, पेसा तथा व्यवसायमा आवद्ध व्यक्ति एवम् समुदायलाई एकतावद्ध गर्दै स्वावलम्बी, मितव्ययी र आत्मनिर्भर बनाउन नियमित रूपले बचत गर्ने बानीको विकास गर्न, सङ्कलित बचतलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सदस्यहरूलाई प्रेरित गर्दै शेयर सदस्य महानुभावहरूलाई समाज र समुदायमा सरल र सहज तरिकाले आधुनिक र व्यवस्थित जीवन यापनमा सहयोग पु¥याउनु संस्थाको उद्देश्य हो । यो संस्था जिल्ला बचत तथा ऋण सहकारी संघ, नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, राष्ट्रिय सहकारी बैँक, ललितपुर जिल्ला सहकारी संघ लि. मा आवद्ध रहेको छ । यस संस्थामा २०७७ साल आषाढ मसान्त सम्म २१७३ सेयर सदस्य जना रहेका छन् ।